Unicode Converter७ माघ २०७८, शुक्रबार

विद्यार्थीमा कोरोना देखिएपछि विद्यालयहरु बन्द

दाङ,पुस २३ । तुलसीपुर क्षेत्रका स्कुले विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि तुलसीपुर उपमहानगरपालिकाले माघ ३ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तुलसीपुरका कहि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपमहानगरले स्कुले बालबालिकाहरुमा कोरोना संक्रमण फैलँदै गएकाले भौतिक उपस्थितीमा पठनपाठन बन्द गर्न विद्यालयहरुलाई भनेको हो । साथै तुलसीपुर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयहरुको पठन पाठन बन्द गर्नुका साथै आन्तरिक परिक्षा स्थगित गर्ने निर्णय समेत गरेको छ ।

Facebook Comments