Unicode Converter७ माघ २०७८, शुक्रबार

एमभी दुगड ग्रुपका अध्यक्ष दुगडको जन्मोत्सवमा सामाजिक कार्य

दाङ,पुस २३ ।
एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औँ जन्मदिनका अवसरमा देशैभरका शाखाहरुले सामाजिक कार्य गरेका छन् । यसैक्रममा दाङ शाखाले पनि दुगडको जन्मोत्सव विभिन्न सामाजिक कार्य गरेर मनाएको छ । जिल्ला शाखाले शुक्रबार रक्तदान गरेको छ । घोराही स्थित शाखाको कार्यालयमा रक्तदान गरिएको शाखाका प्रवन्ध निर्देशक शरद खनालले जानकारी दिए । त्यस अवसरमा ३४ जनाले रक्तदान गरेको पनि खनालले जानकारी दिए ।

खनालको अध्यक्षमा औपचारिक कार्यक्रम समेत भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक खनालले एमभी दुगड ग्रुपले गरेका सामाजिक कार्यहरुको बारेमा जानकारी गराएका थिए । उनले यो ग्रुप ब्यवसायिक भएपनि सामाजिक कार्यमा समेत उत्तिकै महत्वपूर्ण योगदान पुर्याउँदै आएको खनालले बताए । यसअघि बिहिबार शाखाले बृक्षारोपण समेत गरेको थियो ।

Facebook Comments