Unicode Converter१९ मंसिर २०७८, आईतवार

आगामी चुनावमा सिंगल-सिंगल भिड्न गठबन्धनमा रहेका दलहरुलाई एमाले अध्यक्ष ओलीको चुनौती

बाँके, मंसिर १ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धन बिना आउन चुनौती दिएका छन् । बाँकेमा बुधबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धनमा रहेका सबै दलहरुलाई एक्ला एक्लै उमालेसंग भिड्न चुनौती दिए । यस्तै उनले एमाले आगामी निर्वाचनबाट बहुमतका साथ प्रमुख दल बन्ने र सरकारको नेतृत्व एमालेलेनै गर्ने दाबी गरे । ‘अब चुनावमा हामीहरु बहुमतका साथ सबै भन्दा ठूलो पार्टी बन्छौँ,’ ओलीले भने ‘हामी एकल बहुमतका साथ एकल सरकारको नेतृत्व गर्ने छौँ ।’ ओलीले एमाले बाहेक अन्य सबै पार्टीहरुलाई सिद्धान्त बिहिन पार्टीका रुपमा अथ्र्याए । अन्य दलहरु बैचारिक बिहिनताको अवस्थामा जवरजस्ती चलेको समेत उनको भनाई छ ।

 

Facebook Comments