Unicode Converter१९ मंसिर २०७८, आईतवार

प्रदेश १ : मुख्यमन्त्री राईले पाए बिश्वासको मत

काठमाडौँ,मंसिर १ । 
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले बिश्वासको मत पाएका छन् । आजको संसद बैठकमा उनले बिश्वासको मत पाएका हुन् । उनले आँफूलाई बिश्वासको मत दिन प्रदेशसभा समक्ष अनुरोध गरेका थिए । मुख्यमन्त्री राईले ५० मत पाएका छन् । ९३ सांसद संख्या रहेको प्रदेशसभामा यो मत बहुमत हो । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । उनको बिपक्षमा ३९ मत परेको छ ।

Facebook Comments