Unicode Converter१९ मंसिर २०७८, आईतवार

पवन आचार्य : जसले कोरोना कहरका बेला नेपालमा ‘रेम्डिसिभिर’ भित्र्याउन नेतृत्व लिए

दोस्रो चरणको कोरोना कहर । निकै कष्टकर यो ‘कहर’ ले कैयनको ज्यान अकालमै गयो । बिश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट बिरामीहरुका लागि ‘रेम्डिसिभिर’ नामक औषधीलाई ‘लाभदायक’ प्रमाणित गर्यो । आईसियुमा रहेका बिरामीहरुका लागि यो औषधी निकै उपयोगी मानिएको थियो । डब्लुएचओले यो औषधीलाई लाभदायक प्रमाणित गरेको भएपनि नेपालमा यसलाई कसरी आयात गर्ने ? यो निकै चुनौतीको बिषय थियो । यसको अगुवाई गरे दाङका पवन आचार्यले । नेपाल औषधी आयातकर्ता संघका केन्द्रीय महासचिव आचार्यले यो औषधीलाई नेपाल आयात गर्ने पहलकदमीको नेतृत्व लिए र बंगलादेशबाट बिमान चार्टर गरेर यो औषधी आयात भयो । ‘बिश्व स्वास्थ्य संगठनले लाभदायक प्रमाणित गरेको यो औषधी नेपालमा आयत गर्नु सानो चुनौतीको बिषय थिएन,’ पवन भन्छन् ‘हामीहरुले बंगलादेशबाट बिमान चार्टर गरेर यो औषधी नेपाल भित्र्यायौँ ।’
कोरोनाका बेलाको जगजगी । आमनागरिक कोरोना कहरले ‘त्राही त्राही’ थिए । तर पवनलाई यो त्रासदी भन्दा नेपाली नागरिकको जिउ ज्यानको मायाँ बढि जागिरहेको थियो । हरेक अस्पतालमा आईसियुमा रहेका गम्भिर बिरामीहरुलाई कसरी रेम्डििसिभिर पुर्याउने चिन्तनमा थिए उनि । फलतः कोरोनाको महामारीका बेला उनि पूर्वी नेपाल देखि पश्चिम नेपालका हरेक अस्पतालमा यो औषधी उपलब्ध गराउन हिँडे । ‘कोरोनाको जगजगी थियो, आमनागरिक घरमै सुरक्षित भएर बस्नु पर्ने अवस्था थियो,’ पवन भन्छन् ‘तर मलाई यो त्रासदीले छोएन, किनकी हरेक अस्पतालमा रहेका कोरोनाका गम्भिर बिरामीहरुलाई रेम्डिसिभिर औषधी पुर्याउनु थियो, फलतः म पूर्व देखि पश्चिम नेपालका सबै अस्पतालहरुमा पुगेर यसको ब्यवस्थापन गर्न हिँडे ।’ नेपाल औषधी आयात कर्ता संघले थालेको यो अभियानको नेतृत्व पनि उनै पवनले गरेका थिए । त्यो बेला बिरामीहरुको भरोसाका केन्द्र बनेका थिए पवन । कैयन बिरामीहरुले उनलाई फोन गरेरै रोएको घटना उनले सुनाए । ‘मैले यो औषधीका लागि सम्पर्क गर्नु होला भनेर सामाजिक सञ्जालमा आफ्नो सम्पर्क छोडेको थिएँ,’ उनले भने ‘केयन बिरामीहरुले मलाई सम्पर्क गरेर औषधी दिनु पर्यो भनेर रुनु पनि भयो ।’ बिरामीहरुको यो रोदनले पवन झनै पग्लिए । फलतः उनि आँफै यो ओषधी बोकेर कोरोना अस्पतालहरु सम्म पुगे ।
त्यसोत, रेम्डििसिभिर औषधीको कालोबजारीले सर्वसाधारणहरु आजित थिए । अस्पतालले यो औषधीको जोहो गर्न दिने सुझावका आधारमा बिरामीका आफन्तहरुले त्यो बेला एक लाख रुपैयाँ सम्ममा पनि यो औषधी खरिद गरे । पवन चाहन्थे ‘यो कालोबजारी अन्त्य होओस् ।’ ‘हामी यसको वास्तविक लागतमा नागरिकहरुलाई यो औषधी उपलब्ध गराउन चाह्यौँ,’ उनले भने ‘एक लाख रुपैयाँ सम्म खरिद गर्नु परेको यो औषधीको सहज उपलब्धताका लागि हामीहरुले प्रत्यक अस्पतालहरुमा यो औषधीको ब्यवस्थापन गरिदियौँ ।’ रेम्डििसिभिर मात्रै हैन, दिर्घरोगीहरुका लागि औषधीको ब्यवसथापन पनि उनै पवनले गरे । ‘दम , सुगर लगाएत दिर्घरोगीहरुले समेत औषधी नपाउने अवस्था त्यति बेला बनेको थियो,’ उनले भने ‘मैले त्यो बेला यस्ता बिरामीहरुका लागि औषधीको ब्यवस्थापन पनि गरिदिएँ ।’
उनका अनुसार नेपाल औषधी आयात कर्ता संघबाट थालिएको यो अभियान अन्तर्गत रेम्डििसिभरको सहज उपलब्धता काठमाडौँ पछि दाङमा भयो । पवनले आफ्नो गृह जिल्लामा यसको सहज उपलब्धताका लागि उत्तिकै मेहनत गरे । ‘बंगलादेशबाट औषधी आयात गरेपछि यसको सहज उपलब्धता पहिलो काठमाडौँमा पनि दोस्रो दाङमा भयो,’ उनले भने ‘मैले मेरो गृह जिल्लालाई उत्तिकै प्राथमिकतामा राखेर काम गरे, मैले दाङकै लागि एकै पटकमा २ हजार भायल सम्म औषधी पठाएँ ।’ त्यसोत, यसकै सहज उपलब्धताका लागि उनले घोराहीकै एक मेडिकल हललाई समेत यो औषधी बिक्रीका लागि पठाईदिए । मेडिकल हलले यो औषधी बिक्री गर्न नपाउने भनेर रोक्ने प्रयास पनि भयो । यसलाईं रोक्न खोजिएको प्रति चौतर्फी बिरोध पनि भयो । ‘राष्ट्रियसभाका कांग्रेस प्रमुख सचेतक अनिता देवकोटा ज्यूले पनि मेडिकल हलबाट औषधी वितरण गर्न रोकिएपछि बिरोध गर्नु भयो,’ उनले भने ‘यो चौतर्फी बिरोध पछि बिक्रीका लागि सहजता भयो, आम नागरिकलाई यौ औषधी पाउन थप सहज पनि भयो ।’
औषधी उपलब्धताका लागि उनले खेलेको अहम भुमिका संगै आईशोलेशनमा उनले गरेको सहयोगले पनि उनलाई कोरोना कहर बेलाका सारथीका रुपमा उभ्याईदिएको छ । ‘मैले दाङकै थुप्रै आईशोलेशनहरुमा ब्यवस्थापकीय पाटोमा सहयोग गरेको छु,’ उनले भने ‘मैले यो कहरबाट हामी आम नागरिक सबै जोगिनु पर्छ भन्ने मात्रै चिन्तन बोकेको थिएँ ।’ त्यसोत, कोरोना नियन्त्रणका लागि थालिएका ठूला अभियानमा उनि जोडिए । नेपाल औषधी आयातकर्ता संघका महासचिव उनि औषधी परामर्श समितिको आमन्त्रीत सदस्य भएर काम समेत गरे । त्यति मात्रै हैन, तत्कालीन उपप्रधानमन्त्री ईवर पोख्रेलको संयोजकत्वमा सरकारले बनाएको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको सदस्य समेत बनेका थिए ।
त्यसोत, उनि नेपालमा पहिलो पटक ७५ करोडको लगानीमा प्रविधिजन्य स्वास्थ्य सामग्रीको उद्योग स्थापना गर्ने उद्यमी पनि हुन् । हेटौँडामा उनले स्थापना गरेको यो उद्योग आगामी माघ देखि सञ्चालनमा आउने उनले बताए । ‘आम नागरिकको स्वास्थ्य प्रति सदैब मेरो चिन्तन रहिरहने छ,’ उनले भने ‘व्यवसायिकता संगै यो उद्योगको मुख्य उदेश्य भनेको आमनागरिकको स्वास्थ्य लक्षित नै हो ।’
कोरोना कहरका बेला आम नागरिकको स्वास्थ्यसंग निकट रहेर अहम भुमिका खेलेका पवनले राजनीतिक रुपमा पनि उत्तिकै गर्बिलो ईतिहाँस कायम गरेका छन् । कांग्रेसको राजनीतिमा रहेका उनि १६ बर्षको उमेरमै स्ववियुको कोषाध्यक्ष बनेर आफ्नो बिद्यार्थी राजनीतिक जीवनलाई उँचो बनाएका थिए । उनै पवन अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेर पार्टीको उँचो तहमा प्रतिनिधित्व खोजिरहेका छन् । त्यसोत, उनको बिगतको राजनीतिक योगदानले पनि उनलाई एक ‘काबिल’ महाधिवेशन प्रतिनिधिका रुपमा कांग्रेस राजनीतिमा उभ्याउने प्रष्ट जस्तै छ । उनि घोराही उपमहानगरपालिका वडा नम्बर ९ बाट कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
२०४९ मा नेपाल बिद्यार्थी संघको साबिक हलवार गाउँ ईकाई सभापतिबाट पवनले कांग्रेसको राजनीतिमा ईन्ट्रि मारे । अर्को बर्ष २०५० मा उनि नेविसंघको तत्कालीन क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव बने । नेविसंघको क्षेत्रीय नेृत्वमा रहेर उनले गरेको पार्टी प्रतिको योगदानको मुल्यांकन पार्टीले गरिरहेकै थियो । फलतः २०५० देखि २०५३ सम्म दुई कार्यकाल क्षत्रीय सचिवमै रहेर काम गर्ने अवसर उनकै कर्मले मिलाइदियोे । २०५३ मा उनि स्ववियुको राजनीतिमा होमिए । यो बेला उनले अध्ययन गरेको महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भए । उनि जतिबेला मात्रै १६ बर्षका थिए । ‘मेरो पाला सम्म मेरो उमेर (१६ बर्ष) सम्म कोहि पनि स्ववियुको कोषाध्यक्ष बन्नु भएको थिएन,’ उनले भने ‘त्यो बेला सम्म म नै सबै भन्दा सानो उमेरमा स्ववियु कोषाध्यक्ष बनेको थिएँ ।’ २०५५ मा उनि स्ववियुको सचिव पदको उम्मेदवार बने । तर यो बेला भने उनलाई पराजय भोग्नु पर्यो ।
घोराही उपमहानगरपालिका वडा नम्बर ९ बाट क्षेत्रीय प्रतिनिधिमा ‘शानदार’ जीत हात पारेका पवनले कांग्रेसको आगामी चुनावमा पनि आँफूलाई बलियो उम्मेदवारका रुपमा उभ्याएका छन् । पार्टी राजनीति प्रतिको उनको लगावले उनलाई महाधिवेशन प्रतिनिधिको एक सक्षम उम्मेदवारका रुपमा उभ्याईदिएको छ । जिल्लाका उक सय वटै वडामा पार्टी कार्यालय स्थापनाको मुद्धालाई उनले पहिलो प्राथमिकतामा राखेका छन् । त्यसोत, उनले आफ्नो वडा घोराही ९ को पार्टी कार्यालय स्थापनाका लागि आर्थिक सहयोग गरिसकेका छन् । आफ्नो वडा मात्रै हैन, जिल्लाभरका वडा कार्यालय स्थापनाका लागि आँफूले सहयोग गर्ने बचन उनको छ । ‘कांग्रेसको आफ्नो घर हुनुपर्छ भन्ने बिपी कोईरालाको सिद्धान्त प्रति म प्रतिवद्ध छु,’ उनले भने ‘कांग्रेसका घर प्रत्यक वडा वडामा हुनुपर्छ, यसका लागि मैले गर्नु पर्ने सहयोग सबै गर्न तयार छु ।’ त्यसोत, पवन बिपी पुत्र कांग्रेस महामन्त्री डा. शशांक कोइरालाका अति निकटस्थ मानिन्छिन् । यसर्थ पनि उनि कांग्रेस भित्रको कोइराला बिरासत देखि जानकार छन् ।

 

Facebook Comments