Unicode Converter१९ मंसिर २०७८, आईतवार

नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्ष बन्न नदिन नामै काटिएको दाबी

दाङ,मंसिर ३० ।
नेपाल परिवार नियोजन संघको केन्द्रीयय अध्यक्ष बन्नका लागि आँफूलाई रोकिएको भन्दै संघका एक आजिन सदस्यले आपत्ति जनाएका छन् । संघका बर्दियाका आजिवन सदस्य रोशन श्रेष्ठले आँफूलाई संघको केन्द्रीय अध्यक्षमा रोक्नका लागि आफ्नो सदस्यता नै खारेज गरिएको बताए । संघको केन्द्रीय अधिवेशन मंगलबार देखि दाङमा सुरु भएको छ । श्रेष्ठका अनुसार पहिलो मतदाता नामावलीमा उनको नाम प्रकाशन भएको थियो । तर मतदाता नामाबलीमा दाबी बिरोध परेपछि उनको नाम काटियो । ‘पहिलो मतदातादा नामावलीमा मेरो नाम प्रकाशन भएको थियो,’ श्रेष्ठले भने ‘पछि एकाएक मेरो नाम काटियो, यसको उदेश्य भनेकै मलाई अध्यक्षमा आउन नदिने योजना नै हो ।’
श्रेष्ठका अनुसार उनि संघका आजिवन सदस्य हुन् । उनि अहिले संघको केन्द्रीय अध्यक्षका आकांक्षी थिए । तर पहिलो मतदाता नामावलीमा प्रकाशन भएको आफ्नो नामनै काटेर संघको सदस्यता खारेज गरिएको भन्दै श्रेष्ठले निर्वाचन समिति माथि नै रोष प्रकट गरे । ‘म आजिवन सदस्य हँु, आजिवन सदस्यलाई सदस्यता अद्यावधिक गरिरहनु पर्दैन,’ उनले भने ‘पहिलो  मतदाता नामावलीमा नाम प्रकाशन भैसकेको मेरो पछि कसरी काटियो भन्ने प्रश्न महत्वपूर्ण हो ।’ श्रेष्ठ अहिले संघका केन्द्रीय सदस्य समेत हुन् । आँफू आजिवन सदस्य रहेको तर आफ्नो नाम हटाईएपछि श्रेष्ठले आफ्नो शाखा बर्दियाबाट समेत आजिवन सदस्यता रहेको विवरण मागेका थिए । शाखाले उनि आजिवन सदस्य रहेको विवरण निर्वाचन समितिलाई उपलब्ध समेत गराएको समेत बताए । तर निर्वाचन समितिले संघको शाखाले उपलब्ध गराएको विवरणलाई समेत अस्वीकार गरेको श्रेष्ठले बताए । ‘मेरो सदस्यता नै खारेज भएपछि मैले बर्दिया शाखाबाट समेत जानकारी गराउन लगाएँ,’ श्रेष्ठले भने ‘तैपनि मानिएन ।’ उनले दाङकै ब्यक्तिलाई
तर निर्वाचन समितिले भने श्रेष्ठले बिधान अनुसार आँफू अयोग्य भएको भनेर स्वीकार गरिसकेको दाबी गर्छ । त्यसमाथि उनको नाममा परेको दाबी बिरोध पछि भएको अनुसन्धानका क्रममा बिधानै अनुसार उनको नाम काटिएको निर्वाचन समिति दाबी गर्छ ।
निर्वाचन समितिका अनुसार ०७४ मा श्रेष्ठ बाँके शाखा छोडेर बर्दिया गएका थिए । त्यस यता उनले आफ्नो सदस्यता अद्यावधिक नगरेको देखिएको निर्वाचन समितिले जनाएको छ । श्रेष्ठले भने जस्तो आजिवन सदस्यले सदस्यता अद्यावधिक गर्नै नपर्ने ब्यवस्था परिवार नियोजन संघको बिधानमा नरहेको समेत निर्वाचन समितिले जनाएको छ । ‘संघको बिधान अनुसार उहाँले आफ्ने सदस्यता अद्यावधिक गर्नु पर्ने हो, तर गर्नु भएको रहेन छ,’ मुख्य निर्वाचन अधिकृत दिपक रेग्मीले भने ‘बिधानतः उहाँ अयोग्य हुनु भएकै हो, मेरो ब्यक्तिगत प्रतिशोधको कुरै भएन ।’  मुख्य निर्वाचन अधिकृत रेग्मीका अनुसार आजीवन सदस्यहरुले पनि प्रत्यक दुई÷दुई बर्षमा सदस्यता अद्यावधिक गर्नु पर्ने संघको बिधानमै उल्लेख छ । अन्यथा, सदस्यता नै नरहने बिधानमा उल्लेख भएको रेग्मीले बताए ।
तर श्रेष्ठले०७४ यता आफ्नो सदस्यता अद्यावधिक नगरेका कारण उनलाई निर्वाचन समितिले अवैध मानेको जनाएको छ । ‘आजिवन सदस्यले पनि प्रत्यक दुई÷दुई बर्षमा सदस्यता अद्यावधिक गर्नु पर्ने बिधानमै उल्लेख छ ,तर उहाँले बाँके छोडेर बर्दिया गएको बर्ष ०७४ यता सदस्यता अद्यावधिक नै गर्नु भएको देखिएन,’ मुख्य निर्वाचन अधिकृत रेग्मीले भने ‘मैले यो कुरा उहाँलाई नै जानकारी पनि गराएँ, उहाँले संघको केन्द्रले बेईमानी गरेको रहेछ भनेर भन्नु भएको पनि हो,तर कसरी अहिले बिधान अनुसार गरेको कामलाई पनि गलत भन्नु भयो ? मलाई नै अचम्म लाग्यो ।’
दाङमा मंगलबार दे िखजारी नेपाल परिवारनियोजन संघको केन्द्रीय महाविधेशनले संघको नयाँ नेतृत्व चयन गर्ने छ । महाधिबेशन बुधबार सम्म चल्ने छ ।

Facebook Comments