Unicode Converter१९ मंसिर २०७८, आईतवार

बिपतमा यु एस ३८० को निरीक्षण

 तुलसीपुर ११ कात्तिक ।

यु एस ३८० धानको दाङका विभिन्न ठाउमा कम्पनिले निरीक्षण गरेको छ । सिडवर्क ईन्टरनेशनल प्रा लि द्वारा उत्पादित यु एस ३८० धानको प्रालिले धानका बितरक तथा बिक्रेता एग्रोभेटका प्रतिनिधि सहित दाङका उरहरि, हस्नापुर, कटाहा, प्रिगाउ, भोजपुर, डुरुवा, गौरिगाउँ लगायतका ठाउमा पुगेर किसानहरुसंग प्रत्यक्ष छलफल तथा धानको निरिक्षण गरेको हो। कम्पनिका रिजनल म्यानेजर रबिचन्द्र सापकोटा, प्रतिनिधि बालकृष्ण लामिछाने, दाङका बितरक बाबुराम बराल, बिटि एग्रोभेटका प्रोपोराइटर निर्मल आचार्य, एग्री नेपालका प्रतिनिधि चित्र बहादुर डागि लगायतले किसानहरुलाइ सुझाब तथा धानको बारेमा जानकारि गराउनु भएको थियो। निरीक्षणका क्रममा बर्षातले किसानहरुलाइ आहात दिएको भन्दै रिजनल म्यानेजर रबिचन्द्र सापकोटाले सरकारले किसानको पिडामा मल्हम लगाउनुपर्ने धारणा राख्नुभयो । निरीक्षणका क्रममा यु एस ३८० धानको बिउ लगाएका किसानहरु सन्तुष्ट रहेको पाइएको बताउदै प्रतिनिधि बालकृष्ण लामिछानेले किसानहरुको सुझाब र माग बमोजिम नै यु एस ३८० धानको उन्नत बिउ उत्पादन गरिएको बताउनुभयो।

Facebook Comments