Unicode Converter२० श्रावण २०७८, बुधबार

बिप्लबले भेटे प्रधानमन्त्री र गृहमन्त्रीलाई

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडसंग भेटवार्ता गरेका छन् । प्रधानन्त्री देउवा र गृहमन्त्री खाँडसंगै बिप्लवले एकै साथ भेट गरेका हुन् ।



प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बिप्लवले अघिल्लो सरकारले आँफूहरुसंग गरेको सहमती कार्यान्वयनका लागि सघाउन आग्रह गरेका थिए ।

नेकपाका नेताहरु सहित बिप्लव बालुवाटार पुगेका थिए । यसअघि बिप्लवले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधबकुमार नेपाल , जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्राईसंग भेट गरिसकेका छन्

Facebook Comments