Unicode Converter२० श्रावण २०७८, बुधबार

आज बिपी स्मृति दिवस, दाङ कांग्रेसले बृक्षारोपण गर्दै

आज महामानव बिपी कोईरालाको ३९ औँ स्मृति दिवस । कांग्रेसले आज देशभर बिभिन्न कार्यक्रम गरि बिपी स्मृति दिवस मनाउँदैछ । प्रथम जननिर्वाचित बिपी कोइरालाको स्मृति दिवसका अवसरमा दाङ कांग्रेसले पनि आज कार्यक्रम गर्दैछ । कांग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीका अनुसार
कांग्रेसले आज बृक्षारोपणको कार्यक्रम तय गरेको छ । शान्तिनगर गाउँपालिक वडा नम्बर ३ स्थित बिपी कोइराला नमुना माविको परिसरमा बृक्षारोपण कार्यक्रम  आयोजना गर्न लागिएको सचिव डाँगीले जानकारी दिए ।



‘महामानव बिपी कोइरालाको स्मृति दिवसका अवसरमा दाङ कांग्रेसले बृक्षा रोपण कार्यक्रमको आयोजना गरेको छ,’ सचिव डाँगीले भने ‘बिपीकै नामबाट नामाकरण गरिएको बिद्यालय परिसरमा बृक्षा रोपण गर्ने कार्यक्रम तय गरेका छौँ ।’ सचिव डाँगीले बिहान साढे ११ बजे हुने उक्त कायक्रममा सहभागी हुन कांग्रेसका सम्पूर्ण नेता कार्यकर्ता, एबं शुभेच्छुकहरुमा अनुरोध गरेका छन् ।

Facebook Comments