Unicode Converter२० श्रावण २०७८, बुधबार

कांग्रेस महाधिवेशन : ‘नेता’ बन्ने ‘लालसा’

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति घोषणा भएसंगै जिल्लाका वडा तहमा कांग्रेसीहरुका चुनावी समिकरण बनिरहेका छन्। कांग्रेसको उपल्ला नेतृत्वको ‘जग’ का रुपमा रहेका वडा तह हरेक नेताको राजनीतिक भविष्य निर्धारण गर्ने ईकाई बनेका छन्। फलतः जिल्लाका नेताहरुले वडाका सकृय सदस्य समक्ष आफ्नो उपस्थिति बाक्लो बनाईरहेका छन्। त्यसोत, सकृय सदस्यता प्राप्त कांग्रेसीहरुलाई पनि ‘नेता’ बन्ने ‘लालसा’ पार्टीको १४ औँ महाधिवेशनले जगाईदिएको छ।



उनीहरु वडा समितिमा सीमित नभई क्षेत्रीय प्रतिनिधि बनेर वडा ईकाईभन्दा पार्टीको उपल्लो नेता बन्ने लालसामा देखिएका छन्। पार्टीको महाधिवेशनको अहिले सम्मको माहोलले हरेकलाई क्षेत्रीय प्रतिनिधि चुनिने ‘ख्वाब’ पलाएको छ। कांग्रेसका नेताहरु भन्छन्, ‘अहिले सम्म वडा समितिको नेतृत्व सम्हाल्ने ईच्छा कसैले देखाएका छैनन्, जिल्लाका कुल १ सय वडाबाटै हरेकले क्षेत्रीय प्रतिनिधि आउने तयारी गरिरहेको देखिन्छ।’

कांग्रेसको जगका रुपमा वडा ईकाई समिति रहेपनि वडामा बसेर राजनीतिक उचाई बढ्दैन भन्ने मानसिकता कांग्रेसीहरुमा ब्याप्त देखिन्छ। ‘वडाको ईकाई समितिमा को थन्किएर बस्छ?’ घोराही उपमहानगरपालिका स्थित एक वडाका वडा उपसभापतिले भने, ‘वडामै सीमित रहेर आफ्नो राजनीतिले उचाई नलिने भएकाले क्षेत्रीय प्रतिनिधि चुनिएर पार्टीको उपल्लो तहमा सहभागिता जनाउने निर्णय लिएको छु।’

कांग्रेसको बिधानतः वडा ईकाई समितिबाट क्षेत्रीय प्रतिनिधि चुनिए उक्त क्षेत्रीय प्रतिनिधि क्षेत्र, तथा जिल्ला नेतृत्व चयनका लागि मतदाता कहलिन्छ। मतदाता मात्रै नभई क्षेत्रीय समितिदेखि जिल्ला सदस्यसम्म बन्ने हैसियत क्षेत्रीय प्रतिनिधिहरुको रहने भएकाले पनि अधिकांशलाई क्षेत्रीय प्रतिनिधि बनेर ‘नेता’ बन्ने लालसा जागेको जिल्लास्तरका नेताहरु बताउँछन्।

कांग्रेस क्षेत्र नम्बर २ (प्रदेश क्षेत्र १) का सभापति गिरीराज सुबेदीका अनुसार क्षेत्रीय प्रतिनिधि चुनिएर आफ्नो राजनीतिक ‘ओज’ बढ्ने मानसिकता अधिकांश सकृय सदस्यहरुलाई बढेको देखिन्छ। ‘क्षेत्रीय प्रतिनिधि चुनिएको खण्डमा उपल्ला समितिको निर्वाचनमा मतदाताका रुपमा सहभागी हुन पाउने मात्रै नभई उम्मेदवार समेत बन्न सक्ने हैसियत बन्छ नि उसको ,’ सुवेदीले भने, ‘फलतः आफ्नो राजनीतिक ओज बढ्ने अस्त्रका रुपमा क्षेत्रीय प्रतिनिधिलाई हेरिएको छ।’

तर वडा ईकाई समितिको नेतृत्वमा अहिले सम्म देखिएको अनिच्छाले कांग्रेसको जग कमजोर बन्दै जाने तर्क उनको छ। सबैले उपल्लो तहको राजनीति मात्रै ताकेको खण्डमा तल्लो स्तरमा कांग्रेसको बेस कमजोर स्वाभाविकै रुपमा बन्ने सुबेदी बताउँछन्। ‘वडा ईकाईलाई सबैले हेपेको स्थिती हो, तर यसले कांग्रेसको संगठनलाई स्वाभाविकै रुपमा कमजोर बनाउँछ,’ उनले भने, ‘जब पार्टीको जगमा राम्रो प्रभाव राख्न सक्ने नेताको अभाव हुन्छ? कसरी कांग्रेसको संगठन बलियो बन्छ? कांग्रेसको संगठन बनाउने अहम भूमिका त वडाकै हो नि।’

त्यसोत, क्षेत्रीय प्रतिनिधि बढाउन खोजिने नेताहरुको गुटगत रणनीतिले पनि क्षेत्रीय प्रतिनिधिको लालसा वडा तहमा बढाईदिएको छ। क्षेत्रीय प्रतिनिधि बन्ने ईचछा नै नराखेका कांग्रेसीहरुलाई पनि नेता बिशेषले आफूलाई सफल बनाउनका लागि प्रोत्साहन गर्ने काम भैरहेको छ। ‘कतिपयलाई क्षेत्रीय प्रतिनिधि आउने ईच्छा नै छैन, तर हामी जिल्लास्तरका नेताहरुले नै उनीहरुलाई क्षेत्रीय प्रतिनिधि आउनका लागि प्रेरित गरिरहेका छौँ, फकाई रहेका छौँ,’ सुबेदी भन्छन्, ‘किनकी हामी गुटगत राजनीतिमा रहेकाहरुले आफ्नो र आफ्नो गुटलाई उपल्लो नेतृत्वमा जिताउनै छ।’

यसैगरि कांग्रेसको उपल्लो राजनीतिमा जान खोज्नुको अर्को कारण भनेको अन्य पार्टीमा रहेका समकालिन नेताहरुको पदको ईगो पनि हो। कांग्रेसभित्र लामो समय राजनीति गर्दा पनि वडा समितिमै सीमित हुनुपर्ने तर आफ्ना समकालिन अन्य पार्टीका नेताहरु जिल्लास्तरीय राजनीतिक छबी कायम गर्नुले पनि त्यो हैसियतसम्मको अवसरको खोजी पार्टीभित्र हुनु स्वाभाविक रहने कांग्रेस दाङका निवर्तमान सचिव कमलकिशोर घिमिरेले बताए। उनले भने, ‘आफ्ना समकालिन नेताहरु अन्य पार्टीमा जिल्ला तहका नेता भैसकेका हुन्छन् तर कांग्रेसमा वडा समितिमै सीमित रहनु पर्दा स्वाभाविकै रुपमा त्यो ईगोले पनि उँचो राजनीतिक ईच्छा जगाउँछ नै।’

त्यसोत, पार्टीको निर्णायक तहमा रहेकाहरुले मात्रै अवसर पाउने गरेको गुनासो कांग्रेसीहरुमा छ। फलतः पनि अवसरका लागि निर्णायक तहमा पुग्नै पर्छ भन्ने मनोभाव आम कांग्रेसीहरुको छ। ‘बिगत देखिकै ईतहाँस हेर्यौँ भने जो निर्णयक तहमा छ उसले नै अवसर पाएको अवस्था हो,’ घिमिरेले भने, ‘फलतः त्यो राजनीतिक अवसर प्राप्तिका लागि पनि निर्णायक तहमा पुग्नै पर्छ भन्ने मानसिकता आम कांग्रेसीहरुमा छ, फलतः अहिले क्षेत्रीय प्रतिनिधिका लागि देखिएको बढ्दो ईच्छाको अर्को कारण यो पनि हो।’

तर वर्तमान अवस्थामा पार्टीका वडा तथा नगर समितिको हैसियत उँचो बनेको भन्दै वडा समिति वा नगर समितिमा रहनु सामान्य नरहेको घिमिरेले बताए। ‘पार्टीबाट मेयर उपमेयरको उम्मेदवार चयनमा सबैभन्दा प्रमुख भूमिका नगर ईकाई समितिको हुन्छ भने वडा अध्यक्षका लागि वडा ईकाई समिति प्रमुख रहन्छ,’ घिमिरे भन्छन्, ‘यसर्थ पहिलेको जस्तो नगर र वडाको भूमिका अब सानो छैन, यो कुरा पनि पार्टीका नेता तथा कार्यकर्ताहरुले बुझ्न जरुरी छ।’

यसैगरि पार्टीको महाधिवेशन स्थानीय तह तथा प्रतिनिधिसभा एबं प्रदेश सभाको निर्वाचन अगावै पार्टीको महाधिवेशन तय भएकाले पनि पदीय ईच्छा बढेको कांग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले बताए। उनले भने, ‘स्थानीय, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन अझै केही समय बाँकी नै छ, फलतः अहिले आईसकेको पार्टीको महाधिवेशन मार्फत पद लिईहालौँ भन्ने मानसिकताले पनि नेता बन्ने लालसा देखिएको हो।’

Facebook Comments