Unicode Converter२० श्रावण २०७८, बुधबार

यूनियन लाइफद्वारा मृत्यु दाबी रकम भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक बिमितलाई मृत्युदाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले निधन भएका बिमित डिल्ली बहादुर खत्रीको परिवारलाई ६ लाख २५ हजार रुपैयाँ बिमा रकम उपलब्ध गराएको हो । ज्योती बिकास बैंक तुलसीपुर शाखाका शाखा प्रबन्धक खत्रीको केही महिना अघि कोरोनाका कारण मृत्यु भएको हो ।



कामना विकास बैंक तुलसीपुर शाखाले मृतक खत्रीको पाँच लाखको सामुहिक म्यादि जीवन बीमा यसै कम्पनीमा गराएको थियो । मृतक खत्रीको बीमाका लागि बैंकले १ हजार ६ सय साठी रुपैयाँ जम्मा गरेको थियो ।

बैंकले आफ्ना ऋणीहरुको सामुहिक म्यादि जीवन बीमा गराइदिएकै कारण रकम भुक्तानी पनि बैंकलाई नै गरीएको कम्पनीका तुलसीपुर शाखा प्रबन्धक तिला भण्डारीले बताइन् ।

उनका अनुसार कम्पनीले बीमाङ्क रकम ५ लाख र किरिया खर्च १ लाख २५ हजार गरी ६ लाख २५ हजार रुपैयाँ भुक्तानी गरिएको हो । बीमा गराउँदा मात्रै पनि परीवारलाई ऋणभारबाट मुक्त गर्न सकिने भएका कारण अहिलेको युगमा बीमा अपरीहार्य भएको भण्डारीको भनाई छ ।

यस्तै बैकका शाखा प्रबन्धक महेश्वर अधिकारीले यूनियन लाइफले अरु इन्स्योरेन्सले भन्दा छिटोछरितो सेवा दिएको बताए । उनले भने ‘हामीले अरु इन्स्योरेन्समा पनि दाबीको लागी प्रक्रिया अगाडि बढाएका छौ तर सबैभन्दा पहिले तपाईहरुको कम्पनिबाट सेवा पायौं अरु कम्पनीमा प्रक्रियामै अडिएको छ’ ।

छिटोछरितो सेवा प्रदान गरेकोमा यूनियन लाईफ संग आफुहरु खुशी भएको पनि अधिकारीको भनाइ छ ।

Facebook Comments