Unicode Converter२० श्रावण २०७८, बुधबार

नेकपा निकट जनवर्गीय संगठनद्धारा सरकारको ध्यानाकर्षण

नेकपा निकट सल्यानका बिभिन्न जनबर्गीय संगठनहरुले नागरिकका आधारभुत आवश्यक्ता परिपूर्ति गर्न र ब्याप्त बेथिती अन्त्यका लागि माग गरेका छन् । अलि क्रान्तिकारी सल्यानको आयोजना र युवा संगठनको सहभागीतामा सल्यानमा प्रदर्शन गरिएको हो ।



उक्त प्रदर्शनका क्रममा कालोबजारीयाहरुलाई कारवाही गर्न, दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि माग गरिएको छ । यसैगरि बैकल्पिक शिक्षण बिधी अपनाएर पठनपाठन सुरु गर्न र बिद्यार्थीहरु संग बिभिन्न बहानामा लिईने चर्को शूल्क खारेज गर्न पनि उनिहरुले माग गरेका छन् ।

सवारी साधनमा बिद्यार्थीहरुलाई ४५ प्रतिसत भाडादर अनिवार्य छुट गर्न माग गरेका उनिहरुले बन्दाबन्दीका बेला बिद्यार्थीहरुको डेरा भाडा छुट गर्न पनि माग गरेका छन् । साथै नेकपा र सरकार बिच भएको सम्झौता कार्यान्वयनका लागि पनि सरकार समक्ष उनिहरुले माग राखेका छन् ।

प्रदर्शन पछि आयोजित कोणसभामा युवा संगठन नेपाल सल्यानका जिल्ला अध्यक्ष प्रकाश गिरीले सम्बोधन गरेका थिए भने अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष राजेन्द्र खड्काले कोणसभाको सहजिकरण गरेका थिए ।

Facebook Comments