Unicode Converter२० श्रावण २०७८, बुधबार

बाह्य सुरक्षा मापसेले गर्छ, आभ्यान्तर सुरक्षा सोच्नुभएको छ ?

 



डा. नरेन्द्र लामिछाने

 

सन् २०१९ डिसेम्बरमा चिनको वुहान सहरदेखि सुरु भएको कोरोना भाइरसले बिश्वलाइ आक्रान्त पारिरहेको छ अझै भनम महामारीको रूप लिएको छ |

धेरै ठुला र स्रोत साधनले भरिपूर्ण भएका देशहरूपनि यो भाइरससंग लड्न असमर्थ भैरहेका छन भनेआजसम्मचीनले मात्र भाइरस नियन्त्रण गर्न सकेको देखिन्छ | अहिले सम्म हेर्ने हो भने बिश्वमा लगभग १८ करोड संक्रमण र ४० लाखले ज्यान गुमाइसकेका छन् | |

यो रोग कहिले सम्म चल्छ र कहिले रोकिन्छ भन्ने कुरा कसैले पनि यकिन गर्न सक्ने परिस्थिति छैन तरयो भाइरस न्यूनीकरण गर्नको लागि धेरै प्रयास नभएका भने हैनन् |विश्वका धेरै बिकसित देशहरुले खोपको अध्ययन तथा औसधिउपचारकोसम्भावित अध्ययन गरिरहेका छन् |

धेरै देशले भाइरस बिरुद्धको भ्याक्सिन बनाएर लगाउन सुरुपनि गरिसकेको छन जसकोकारणउक्त देशमा जनजीवन सामान्य बन्दै गएको पनि छ|

बिश्वभरि हेर्ने हो भने कोरोना भाइरसको बारेमा अहिलेसम्म १२०००० जति अनुसन्धानात्मक खोज तथा सोधपत्र प्रकाशन भएका छन् जसमा ३२०० भन्दा धेरै आर्टिकल कोरोना भाइरसको प्रभाव न्यूनीकरणको लागि जडिबुटी प्रयोग गरिने बारेमा भएको देखिन्छ जुन एउटा बिषयमा प्रकाशित आर्टिकलअहिले सम्मकै धेरै हो |

चिन देशका अनुसन्धानकर्ताले कोरोना नियन्त्रण गर्न सबैभंदा बढी जडिबुटी तथा मौलिक स्रोतसाधन को बारेमा अध्ययन तथा खोज गरि आर्टिकल प्रकाशित गरेको देखियो | तेसो त चीनले कोभिड भाइरसको नियन्त्रण आफ्नो मौलिक चिकित्सा पद्दति TCM ( Traditional Chinese Medicine)लाइ नै जस दिएको छजसको कारण तान्जीन बिश्वबिद्यालयकाप्रोफेसरZHANG Boliलाइ कोभिड हिरो भनेर रास्ट्रपतिXi jinpingद्वारासम्मान पनि गरिएको थियो |

बिश्वमा नै तहल्का पिटेको भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन |आजसम्म हेर्दा नेपालमा साढे ६ लाखको हाराहारीमा संक्रमण देखिएको छ भने साढे ८ हजारको ज्यान गएको छ |नेपाल सरकारले यो भाइरसको नियन्त्रण तथा रोकथामको लागि बिभिन्न चरणमानिषेधआज्ञा देखि आफ्नो स्रोतसाधनले भ्याउने जति प्रयास गरेको देखिन्छ|

हामी जनतापनि स्वास्थ्यको सामान्य मापदण्ड र आफ्नो सुरक्षाको लागि मास्क, सेनिटाइजर, पन्जा, फेसशिल्ड जस्ता साधन पनि प्रयोग गर्दै आएका छौ | पहिलो चरणको लकडाउन खुलेर सामान्य जीवनमाफर्किन नपाउदैहामी पुनः दोस्रो चरणको लकडाउनले पिल्सिएका छौ|

भन्दै र गर्दै आएको कुरा हेर्ने हो भने हामीहाम्रो भान्सादेखिनै औषधिरुपी मसला सेवन गर्दै आएका छौ जसको कारण हामी केहि हदसम्म सुरक्षित महसुस गरेका छौ जुन परापुर्व काल देखि नै पालना गर्दै आएको कुरा हो |

आफ्नो मौलिक चिकित्सा प्रणाली आयुर्वेद तथा प्राकृतिक चिकित्साको साहारा लिएरनेपालपनि कोभिड नियन्त्रणमा नलागेको भने हैन | यसैक्रममा आयुर्वेदको ठुलो सस्था नरदेवी आयुर्वेद चिकित्सालयले बिगत कोभिडको प्रकोप नेपालमा सुरु भएदेखि नै जेष्ठवासादी चुर्ण ( वासा,पर्पटक,वंशलोचन, दालचिनी,बृहत एला, गुडूची, यस्ठीमधु)नामको आयुर्वेद औसधि निशुल्क वितरण गर्दै आएको छ| अहिलेसम्मको आकडा हेर्ने हो भने लगभग २००००० भन्दा बढीले यो चुर्ण निशुल्क उपयोग गरेको देखिन्छ |

अहिलेनरदेवी चिकित्सालयलेआफ्नै isolation centreसुरु गरि बिरामी भर्नापनि सुरु गरेको छ जहा आयुर्वेद र एलोपेथिदुवै माध्यमले उपचार गरिन्छ| यसरिनैकीर्तिपुरमारहेकोआयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नवलपुरको रजहरमा रहेको सामुदायिकप्राकृतिकचिकित्सालय, चितवनमा रहेकोयोगी नरहरिनाथ प्राकृतिकचिकित्सालयले आफ्नै isolation centre व्यवस्थापन गरेरकोभिडका बिरामीलाई उपचार गर्दै आएको कुरा सर्वविदितै छ |

सबै जिल्लाका आयुर्वेद औषधालयहरुलेव्याधिक्षमत्व बढाउने र श्वासप्रश्वासम्बन्धी आयुर्वेद औषधि निशुल्क वितरण गर्दै आएका छन् | Home isolation मा बसेका संक्रमितहरुले योग, प्राणायाम र आयुर्वेदऔषधिको प्रयोगलेनै कोरोनालाइ जितेको देखिन्छ |समग्रमाहेर्ने हो भने नेपालको कोभिडमृत्युदर आयुर्वेद आहार तथा बिहार सेवनले घटाएको भन्न पछिपर्न हुदैन|

पहिलो चरणको संक्रमणको नियन्त्रण नहुदै फेरी दोस्रो चरणको संक्रमणसुरु भएको कुराले के देखाउछ भने यसको नियन्त्रण हुन सहजछैन र नियन्त्रण भएपनि पुन कहिले अर्को चरणको संक्रमण हुन्छ भन्ने कुरा थाहा हुदैन, त्यसकारणअब थपसजग र सचेत हुन जरुरि देखिन्छ |

लकडाउनखुलेपछिहामी आफ्नो दैनिककाममा जानुपर्छ जुन बेला हामीआफ्नोशरीर र परिवारको सुरक्षा आफै गर्नुपर्ने हुन्छ| हामीले प्रयोग गर्दै आएको मास्क,सेनिटाईजर,फेसशिल्ड,पीपीइ,जुत्ता आदि सबै बाह्य सुरक्षाका माध्यम हुन् |

शरीरको बाहिरको सुरक्षाकोत हामीले जसरि तसरी गरौला तर आभ्यान्तर वा आन्तरिक सुरक्षा कसरि गर्नेसोच्नुभएको छ? आन्तरिक सुरक्षाको एउटा मात्र माध्यम Immunityवृद्धिगर्ने हो जुन तपाइले खाने आहारदेखि नै गर्नसक्नुहुन्छ | हामीले भान्सामा प्रयोग गर्ने मसला (बेसार,जिरा,सुठो,मरिच,पिप्ला, आदि) नै पहिलो औषधि हो |

यसको अलवाबिभिन्नवैज्ञानिक तरिकालेपुस्टिभएकाआयुर्वेद औषधिजस्तै गुर्जो, त्रिकटु चुर्ण, यस्ठीमधु चुर्ण, तुलसी,तेजपात,अश्वगंधा चुर्ण, आदि  नियमपूर्वक  सेवनलेपनि Immunityबढाउन सकिन्छ| आयुर्वेदमा वर्णन गरेअनुसार दिनचर्या,ऋतुचर्या, तथाआहार नियमकोसहिप्रयोग ररसायन सेवन गरेमा रोगप्रतिरोधात्मक क्षमता वृद्धिगर्न सकिन्छ |

नेपालसरकारकोआयुर्वेद विभागलेपनिरोगप्रतिरोधात्मकक्षमतावृद्धि गर्नजडिबुटीचियाको सेवन र नियमित योग र प्राणायाम गर्न सुझाएको छ | महामारीलाईअवसर बनाउदै बजारमा धेरै प्रकारका अनाधिकृत डाक्टरर औषधि आएका छन् जसको सेवनले तपाईलाईफाइदा भन्दापनि हानि बढीगर्न सक्दछ त्यसकारण कुनै कोभिड सम्बन्धित लक्षण देखिएमा वा कुनै स्वास्थ्य परामर्श लिन परेमापायकपर्ने दर्तावाला चिकित्सकसंग सल्लाह वा सम्पर्कगर्नुहोला |

 

Facebook Comments