Unicode Converter२० श्रावण २०७८, बुधबार

लुम्बिनी प्रदेश प्रहरी प्रमुख लाई खुलापत्र

बिन्दु काफ्ले



 

श्रीमान प्रदेश प्रहरी प्रमुख ज्यु , लुम्बिनी प्रदेश

बिस्वव्यापी रुपमा महामारी को रुप लिइ करोडौं मानिस हरु संक्रमित भै लाखौ मानिसको ज्यान लिएको कोभिड १९ को चपेटामा हाम्रो देश नेपाल र म बस्ने लुम्बिनी प्रदेश पनि परेको छ । पहिलो चरण को कोभिड संक्रमण मा मानबिय क्षति केही न्यून रहेता पनि कोभिड १९ को दोश्रो भेरिएन्ट का कारण दोश्रो चरण को कोभिड महामारी मा संक्रमित हुने तथा मानविय क्षति हुने दर का आधार मा हाम्रो प्रदेश दोश्रो मा परेको छ भन्ने कुरा जग जाहेर नै छ । कोभिड १९ को दोश्रो भेरियन्ट का कारण विश्व मै सबैभन्दा बढी संक्रमण फैलिएको भारत संग सिमा जोडिएका कारण पनि हाम्रो लुम्बिनी प्रदेश यस डरलाग्दो रोग को संक्रमण का हिसाबले अत्यन्त जोखिम मा रहेको छ । खुल्ला सिमाना बाट अबैध रुपमा हुने आवतजावत रोक्न असंभब नै छ तर पनि नेपाल प्रहरी ले यस चुनौतिपुर्ण अबस्थामा गरेको काम लाई सबैले सह्राएकै छन । आफ्नो ज्यान लाई नै जोखिम मा राखेर संभाबित संक्रमित हरुसंग पैठेजोरी खेलेरै भएपनी नेपाल सरकार ले जारी गरेका स्वास्थ्य मापद्ण्डहरु लागू गराउन नेपाल प्रहरी ले गरेको योगदान लाई सम्मान गर्नु पर्दछ । दिनरात घाम पानी केही को प्रवाह नगरी प्रहरी आम नागरिक को स्वास्थ्य लाई संक्रमणमुक्त राख्न को लागि लागिरहेको छ जसले आम नागरिक मा अन्य क्षेत्र बाट राज्यले कुनै सहयोग नगरे तापनि नेपाल प्रहरी ले प्रदेश का हरेक क्षेत्रमा राज्यको उपस्थिती रहेको आभास गराइरहेको छ । प्रत्यक्ष रुपमा आम जनता संग रहने भएकै कारण जनपथ प्रहरी को रुपमा चिनिने नेपाल प्रहरीको व्यवहार लाई लोकप्रिय बनाउंदै आम जनता को बिस्वास जित्न प्रहरी मेरो साथी, मुस्कान सहित को प्रहरी सेवा जस्ता कार्यक्रम चलाइसकेको यस संगठनका केही व्यक्ति हरु को बोली व्यवहार ले अहिले आम नागरिक त्रसित हुन पुगेका छन, एकातिर महामारी को त्रास अनि लामो समय देखि आफ्नो ब्यबसाय हरु बन्द गरेर बस्नु पर्दा भोग्नु परेको आर्थिक समस्या संग जुधिरहेका, राज्य बाट एउटो सिटामोल सम्मको सहयोग नपाए पनि जनतन आफू र आश्रीत परिवार पालेर बसेका आम नागरिक हरु लाई पीडा र त्रास को यस्तो समयमा शिष्ठ र नम्र व्यवहार प्रदर्शन गरे मात्र पनि सिंगो संगठन प्रती आम नागरिक को बिस्वास बृद्दी नै हुने थियो तर संगठन का केही ब्यक्ती हरु को रुखो, धम्किपुर्ण, दादागिरी शैलीको व्यवहारले समस्त प्रहरी संगठन प्रती नै बितृष्णा पैदा हुने अबस्था देखा पर्न थालेको छ । आम नागरिक ले पाइला पाइला मा बर्दिधारी प्रहरी को दुर्व्यवहार सहनु परेको छ । रोग प्रती सचेत हुंदा हुँदै पनि बाहिर निस्कनु पर्ने अबस्था छ, किनकी सबै नागरिक लाई घर भित्र बसेर दैनिक गुजारा चलाउन गाह्रो छ । रोगको महामारी अनि संक्रमण रोकथाम को लागि गरिएको बन्दाबन्दी का कारण परेको आर्थिक संकट का समय मा आम नागरिक को अभिवाबक तथा साथिको रुपमा रहेको नेपाल प्रहरी र आम नागरिक बिच को संबन्धलाई मजबुत, बिस्वसनिय र फराकिलो बनाउदै एक अर्का बिच आपसी सहयोग, सहकार्य को भावना सृजना गर्न मुस्कान सहित को प्रहरी सेवा तथा प्रहरी मेरो साथी भन्ने नारा लाई ब्यबहारिक रुपमा कार्यान्वयन गराउने तर्फ पहलकदमी होस ।

Facebook Comments