Unicode Converter२० श्रावण २०७८, बुधबार

सागरकी ‘मयाँलु’ गरिमा

‘मलाई मायाँ गरन’ भन्दै केहि दिन अघि चुल्ठिम डोल्मा गुरुङसंग ‘प्रेम’ मा लिप्त थिए सागर भण्डारी। एक अर्का प्रतिको अगाध प्रेम दर्साएका सागर र चुल्ठिमको जोडीलाई दर्शकहरुले रुचाई दिए ।



कमल खत्रीको आवाजमा रहेको गीतमा मायाँ गर भन्दै चुल्ठिमलाई अनुरोध गरेका सागरले त्यसको झण्डै दुई साता पछि गरिमा शर्मालाई ‘मयाँलु’ चुनेका छन् । एक अर्काको मयाँलु बनेका गरिमा र सागर प्रेममा मस्त हराईरहेका छन् । देबेन्द्र बब्लु र सज्जा चौलागाईँको आवाजमा रहेको मयाँलु बोलको गीतमा सागर र गरिमाले गाउँले परिवेशका प्रेमी प्रेमिकाको बास्तविक चित्र प्रस्तुत गरेका छन् । बैवाहिक कार्यक्रममा चलेको सांस्कृतिक कार्यक्रममा सागर र गरिमाले गीतबाटै सवालजवाफ गरेको दृष्य निकै सुहाउँदो छ । गीतमा देबेन्द्र बब्लु र कबिता न्यौपानेले पनि अभिनय गरेका छन् । यो गीतलाई दर्शकहरुले रुचाएका छन् । भिडियोको निर्देशन पनि बब्लुले गरेका छन् ।
चुल्ठिम पछि गरिमालाई मयाँलु चुनेका सागर केहि समय यता म्यूजिक भिडियो मार्फत निरन्तर आईरहेका छन् । दाङ घोराहीका सागर निरन्तर कलाकारीता क्षेत्रमा रहने बताउँछन् । दर्शक स्रोताबाट साथ पाएको भन्दै उनले भने ‘दर्शकको मायाँले जित्दै छ, यो मायाँले निरन्तर कलाकारीता क्षेत्रमा लाग्न प्रेरित गरिरहेको छ ।’

गीतको भिडियो

Facebook Comments