Unicode Converter२० श्रावण २०७८, बुधबार

चुल्ठिम पछि सागरकी ‘मयालु’ गरिमा

दाङका मोडल सागर भण्डारीले अभिनय गरेको मयालु बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । देबेन्द्र बब्लु र सज्जा चौलागाईँको आवाजमा रहेको गीतमा सागरले अभिनय गरेका छन् ।



यो गीतमा उनको जोडीका रुपमा अहिलेकि ब्यस्त मोडल गरिमा शर्मा देखिने छिन् । यसैगरि देबेन्द्र बब्लु र कविता न्यौपानेले पनि गीतमा अभिनय गरेका छन् । यो गीतको ट्रेलर सार्वजनिक भैसकेको छ ।

केहि दिन अघि मात्रै सागरले अभिनय गरेको मलाई मायाँ गरन बोलको गीत सार्वजनिक भएको थियो । कमल खत्रीको आवाजमा रहेको यो गीतमा उनि नायिका चुल्ठिम डोल्मा गुरुङसंग देखिएका थिए ।

पछिल्लो सयम आँफूलाई मोडलिङमा अब्बल राख्न सफल सागर गायक पनि हुन् । उनको कलाकारीता यात्रा गायकबाटै प्रारम्भ भएको हो ।

 

Facebook Comments