Unicode Converter२० श्रावण २०७८, बुधबार

प्रधानमन्त्री शेरबहादु्र देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाललाई  यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियु्क्त गर्न आज ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ ।” […] विस्तृतमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल बिरुद्ध फेरी अविश्वासको प्रस्ताव दर्ता भएको छ । बिपक्षी गठबन्धनमा आवद्ध दलहरुले संसद सचिवलयमा मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । साथै उनिहरुले प्रदेशश प्रमुखलाई संसदको बिशेष अधिवेशन बोलाउन माग समेत गरेका छन् । ‘संसदका एक चौथाई सांसदहरुले संसद सचिवालयमा पुनः मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तव दर्ता गरेका छौँ,’ नेकपा […] विस्तृतमा

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले तत्काल कुनै पनि परीक्षा स्थगन नहुने स्पष्ट पारेका छन्। सामाजिक संजालमा कोभिड–१९को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा संचालन हुने परीक्षाहरु स्थगन हुन सक्ने र बैकल्पिक विधिबाट परीक्षा लिने सुझाव प्रस्ताव शिक्षा मन्त्रालयमा लाने भनाईलाई लिएर परीक्षा स्थगनको हल्ला चलेपछि उनले आफूले त्यस्तो नभनेको स्पष्ट पारेका हुन्। राज्यमन्त्री श्रेष्ठले […] विस्तृतमा